दसौं राष्ट्रिय खेलकूदमा पुरुष फूटबलतर्फ आर्मीको दोस्रो जित

सुर्खेत । दसौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष फूटबलमा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । शुक्रबार दिउँसो भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २-० गोलले पराजित गरेको हो ।

सुर्खेत रंगशालामा भएको खेलमा आर्मीलाई जित दिलाउन लकेन लिम्बू र नवयुग श्रेष्ठले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४ औँ मिनेटमा लकेनले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई २-० गोलको जित दिलाएका हुन् । जितसँगै आर्मीले २ खेलबाट ६ अंक जोडेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *