दसौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा

सुर्खेत । त्रिभुवन आर्मी क्लब दसौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ४ विकेट गुमाएर १३८ रन बनायो । उसका लागि सम्झना खड्काले सर्वाधिक ६२ र यशोदा विष्टले ३३ रन बनाइन् ।

जितको लागि १ सय ३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै समेटियो । उसका लागि जयन्ती चन्दले सर्वाधिक १० रन बनाइन् ।

लगातार दोस्रो हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *