देउवाको गृहक्षेत्र रहेको सुदूरपश्चिममा एमालेलाई सुरुवाती अग्रता

काठमाडौं। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहक्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले अधिकांश पालिकाहरुमा सुरुवाती अग्रता लिएको छ ।

देउवा प्रधानमन्त्री भएकाले सुदुरपश्चिम प्रदेशमा काँग्रेसले अधिकांश पालिका जित्ने प्रारम्भिक अनुमानहरु गरिएपनि नतिजा फरक आउन सक्ने देखिएको छ ।

बैतडी र दैलेखका पालिकाहरुको मतगणनामा नेकपा एमालेका उम्मेदवारहरुले सुरुवाती अग्रता लिएका छन् । डडेलधुरामा पनि एमालेले नेपाली काँग्रेस वीपीसँग चुनावी तालमेल गरेकाले काँग्रेसलाई कडा चुनौती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *