प्रधानमन्त्रीको गृहजिल्लामा आजबाट मतगणना हुने, सबै मतपेटिका अझै पुगेनन

डडेल्धुरा । डडेल्धुरामा सोमबारबाट मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो भएकाले मतगणना आजबाट सुरु हुने भएको हो।

जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिकालगायतका टाढाका मत पेटिकाहरू आउन ढिलो भएको हो। निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख माधव प्रसाद फुयाँलका अनुसार जोगबुढा क्षेत्रबाट मतपेटीका बोकेको गाडी खोलामा फसेको थियो। अहिले बिहान मतपेटीका बोकेको गाडी पुग्ने र सर्व दलिय बैठकपछि मतगणना सुरु हुने उनले बताए।

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको छ। जिल्लामा ९१ हजार २ सय १ जम्मा मतदातामध्ये ५१ हजार ६ सय ६० मत खसेको हो।

प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली काँग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *