निर्धक्क मताधिकारको प्रयोग गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव भएको बताएकी छन्। साथै उनले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न सबै मतदातामा आह्वान पनि गरेकी छन् ।

वैशाख ३० गते शुक्रबार सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन सम्बन्धमा राष्ट्रपतिले बिहीबार एक भिडियो सन्देशमार्फत स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणको निर्माण गर्नु सबैको दायित्व भएको बताएकी हुन् ।

जनताले निर्वाचित गरेका जनप्रतिनिधिबाट शासन सञ्चालन हुनु लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको राष्ट्रपतिको सन्देशमा उल्लेख छ। आवधिक निर्वाचनले जनतामा निहित सार्वभौमसत्तालाई औपचारिकरूपले अभिव्यक्त गर्ने भएकाले राज्यशक्तिको वास्तविक स्रोत जनतामा रहेको सत्यलाई व्यवहारमा प्रकट गर्ने राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *