काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएन) अन्तर्गत जारी दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा चितवनले सुदूरपश्चिमलाई जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको हो । चितवनको लागि डेविड मलानले नटआउट अर्धसतक बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै सालाहुदीन खानले १८ र कमल सिंह एरीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले ४ ओभरमा २७ रन दिएर तीन विकेट लिँदा थरिन्दु रत्नायाकेले दुई विकेट लिए । यस्तै हेमन्त धामी, दीपेन्द्र सिंह एरी र इशान पाण्डेको नाममा एक/एक विकेट रह्यो ।
अब सुदूरपश्चिमले जवाफी ब्याटिङ गर्नेछ ।
