फाइभ जी नेटवर्कपछि सगरमाथाको शिखरमा विश्वकै अग्लो मौसम विज्ञान केन्द्र (भिडियाेसहित)

काठमाडौँ । चीनले विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मौसमको अनुगमन गर्न स्वचालित मौसम विज्ञान केन्द्र स्थापना गरेको छ । चिनियाँ वैज्ञानिक अनुसन्धानकर्ताहरुले सगरमाथाको तिब्बती मोहडातर्फ समुद्र सतहबाट ८ हजार ८ सय मीटरमाथि बुधबार अत्याधुनिक उपकरणसहितको स्वचालित मौसम विज्ञान सर्वेक्षण केन्द्र स्थापना गरेका हुन् ।

नेपाल र चीनको सीमानामा पर्ने सगरमाथामा स्थापित उक्त केन्द्र विश्वकै सबैभन्दा अग्लो भूभागको पहिलो स्टेशन भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सगरमाथा सतहमा रहेको बरफ र हिँउ तथा वायुमण्डलको जलवायुको अवस्थाबारेमा महत्वपूर्ण तथ्यांक संकलन एवम् अनुसन्धानका लागि सो केन्द्र स्थापना गरिएकाे हो ।

चिनियाँ अनुसन्धानकर्ता चाओ हुवा प्याओले उक्त केन्द्रबाट उपलब्ध हुने तथ्यांकले वैज्ञानिक अनुसन्धान र आरोहणसम्बन्धी गतिविधिमा सहयोग पुग्ने बताएका छन् ।

तीन वर्षअघि बेलायत र अमेरिकाका वैज्ञानिकहरूले नेपालतर्फकाे दक्षिणी माेहडामा ८ हजार ४ सय ३० मीटरकाे उचाइमा उस्तै प्रकृतिकाे स्टेशन स्थापना गरेका थिए । चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गत तिब्बत प्लेटु रिसर्च इन्स्टच्युटले नयाँ स्टेशनले पुरानाेलाई विस्तापित गर्ने जनाएकाे छ ।

स्टेशन स्थापनाका लागि आरोहणमा गएको १४ सदस्यीय वैज्ञानिक अनुसन्धान टोली आज बिहान मात्रै सगरमाथाकाे शिखरमा पुग्न सफल भएको पनि सिन्ह्वाले जनाएको छ ।

दुई वर्षअगाडि मात्रै चीनले सगरमाथामा पहिलाे पटक फाइभ जी बेस स्टेशन स्थापना गरी सेवा सञ्चालन गरेकाे थियाे । त्यसयता सगरमाथाकाे शिखर र चीनतर्फकाे उत्तरी मेहडामा फाइभ जी नेटवर्ककाे सेवा उपलब्ध छ ।

(भिडियाे स्राेतः सगरमाथाकाे ८ हजार ८ सय मीटरबाट सिन्ह्वाका पत्रकार साेनाम दाेर्जे)

र याे पनि,

वैज्ञानिक अनुसन्धानका लागि २७० जनाको चिनियाँ टोली सगरमाथामा (फाेटाे फिचरसहित)

चीनले सगरमाथाको शिखरमा स्वचालित मौसम विज्ञान केन्द्र बनाउँदै, नेपाल अनभिज्ञ

Leave a Reply

Your email address will not be published. Required fields are marked *