नवनियुक्त दुवै प्रहरी संगठनका महानिरीक्षकले लगाए फुली

काठमाडौं नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । सोमबार बिहान गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव टेकनरायण पाण्डेले नवनियुक्त आईजीपीहरुलाई दर्ज्यानी चिन्ह लगाएका हुन् ।

आइतबारको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपीमा सिंह र सशस्त्रको आईजीपीमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको थियो । तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् । प्रहरीमा आईजीपीका चार जना दाबेदार थिए।

विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए । २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए । त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *