काभ्रे । काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन् ।
जिल्लाका चार स्थानीय तहमा मात्र डेंगु सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । प्रमुख श्रेष्ठका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा भने जिल्लामा डेंगुका नयाँ सङ्क्रमित थपिएका छैनन् । जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण नदेखिएको प्रमुख श्रेष्ठले जानकारी दिइन् ।
