विवेकशील साझाले काठमाडौंको मेयरमा समिक्षा बास्कोटालाई उम्मेदवार बनाउने

काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरमा विवेकशील साझाले समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मेयरमा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष रवीन्द्र मिश्रले बताए ।

बास्कोटा पार्टीको बाग्मती प्रदेशकी पुर्व संयोजक हुन् । अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी बास्कोटा हाल पार्टीको केन्द्रीय सदस्य हुन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

त्यस्तै, कीर्ति तुलाधर नेपाल जेसीजको महिला राष्ट्रिय अध्यक्ष पनि हुन् । ६२ वर्षीया तुलाधर विभिन्न संघसंगठनको नेतृत्वदायी भुमिकामा छिन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *