एजेन्सी । इटालियन क्लब एटलान्टा र इङ्लिस क्लब वेस्टहाम युईएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बायर्न लेभरकुसेनलाई १-० ले तथा समाग्रमा ४-२ होलले पराजित गर्दै एटलान्टाले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
दुई टोलीबीचको पहिलो लेगमा एटलान्टा ३-२ गोलको विजयी भएको थियो । बे एरिनामा भएको दोस्रो लेगमा एटलान्टालाई जीत दिलाउन जेरेनी बोगाले निर्णायक गोल गरे । उनले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।
यस्तै गएरातिनै भएको अर्को खेलमा सेभिल्लालाई अतिरिक्त समयमा २-० गोलले तथा समाग्रमा २-१ गोलले पराजित गर्दै वेस्टहाम युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो । वेस्टहामलाई पुनरागमन जित दिलाउन टोमस सोचेक र एन्ड्री यार्मोलेन्कोले एक/एक गोल गरे । दुई टोलीबीचको पहिलो लेगमा सेभिल्ला १-० गोलले विजयी भएको थियो ।
अन्य खेलको नतिजा
लेभरकुसन ०-१(२-४) एटलान्टा
सेर्भेना ज्ब्बेज्डा २-१(२-४) रेन्जर्स
गालाटासारे १-२(१-२) बार्सिलोना
मोनाको १-१(१-३) ब्रागा
फ्रान्कफुर्ट १-१(३-२) रियल बेटिस
लियोन १-१(२-१) पोर्टो
