आर्सनलमाथि लिभरपुलको सहज जीत

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले महत्त्वपूर्ण जीत निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २-० गोलले पराजित गरेको हो ।

इमिरेट्स रंगशालामा भएको खेलमा लिभरपुललाई जीत दिलाउन डिएगो जोटा र रोबर्टो फर्मिन्होले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४ औं मिनेटमा थियागो अल्कान्टाराको पासमा जोटाले गोल गर्दै लिभरपुललाई शुरुवाती अग्रता दिलाएका थिए ।

६२ औं मिनेटमा रोबर्टसनको पासमा फिर्मिन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लिभरपुल २-० गोलले विजयी भयो ।

जीतसँगै लिभरपुलले शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अङ्क दुरि एक अङ्कमा झारेको छ । हाल लिभरपुल २९ खेलबाट ६९ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ भने समान खेलबाट ७० अङ्क जोडेको सिटी शिर्ष स्थानमा छ । पराजित आर्सनल भने २७ खेलबाट ५१ अङ्कको साथ चौथो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *