युभेन्टस च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी । इटालियन क्लब युभेन्टस युईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियलसँग ३-० ले तथा समाग्रमा ४-१ गोलले पराजित हुँदै युभेन्टस प्रतियोगिताबाट बाहिरिएको हो ।

दुई टोलीबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । एल्लिनाज रंगशालामा भएको खेलमा भिल्लारियलाई जीत दिलाउन जेरार्ड मोरेनो, पाउ टोरेस र अर्नाउट डान्जुमाले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लारियललाई शुरुवाती अग्रता दिलाएका थिए ।

८५ औं मिनेटमा सेर्जी अरियरको पासमा टोरेसले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर बनाए । यस्तै इन्जुरी समयको दोस्रो मिनेटमा डान्जुमाले गोल गर्दै भिल्लारियललाई ३-० को तथा समाग्रमा ४-१ गोलको जीत दिलाए । जीतसँगै भिल्लारियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा पराजित युभेन्टस प्रतियोगिताबाट बाहिरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *