राष्ट्रिय सभा सदस्य निर्वाचन : आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्दैछ।

भोलि शुक्रबार उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका आयोगले बनाएको छ।

निर्वाचन माघ १२ गते हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटको लागि ४३ जनाको उमेदवारी परेको छ। प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुँदैछ।

आयोगका अनुसार नेकपा एमालेबाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा माओवादी केन्द्रबाट ५ जना, नेकपा एकीकृत समाजवादीबाट ५ जना, जनता समाजवादी पार्टीबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उमेदवारी दर्ता गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *