आज अपराह्न ३ बजे न्याय सेवा आयोगको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज न्याय सेवा आयोगको बैठक बोलाएका छन् । आज अपराह्न ३ बजे बोलाइएको बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ । जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि बैठक बस्न लागेको जनाइएको छ ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *