सेनाको स्कर्टिङमा सर्वोच्च आउन खोजेका चोलेन्द्रको निवासमै तालाबन्दी, आउन पाएनन्

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेपाली सेनाको स्कर्टिङमा सर्वोच्च अदालतर्फ आउने तयारीकाबीच उनको निवासमा तालाबन्दी गरिएको छ ।

निलम्बित प्रधानन्यायाधीश राणाले पूर्व निर्धारित समय अनुसार आफू सर्वाेच्व आउन निस्कनु अघि नै आफ्नो निवासकोे गेटमा प्रहरीले तालाबन्दी गरेको बताए ।

यता, राणालाई सर्वोच्वको गेटमै रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू धर्नामा बसेका छन् । उनलाई अदालत परिसरमा प्रवेश गर्न नदिन व्यापक प्रहरी समेत परिचालन गरिएको छ । कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने अदालत प्रवेश गरिसकेका छन् ।

यसैबीच, सर्वोच्च अदालत प्रशासनले निलम्बन फुकुवाको पत्र नआउँदासम्म जबरालाई अदालत प्रवेश गर्न नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ । महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुखको आदेश उल्लेख गरी संसद् सचिवालयले जबरा निलम्बनमा परेको पत्र सर्वोच्चमा पठाएको थियो । जबरा सर्वोच्च प्रवेश गर्नका लागि निलम्बन फुकुवाको पत्र आउनुपर्ने सर्वोच्च प्रशासनले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *