चोलेन्द्रलाई रोक्न सर्वोच्च अदालतको गेटमा व्यापक प्रहरी परिचालन (फोटोफिचर)

काठमाडौं। सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा शनिबार साँझै आफू आईतबार विहान ११ बजे सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने खवर पठाएपछि उनलाई गेटमै रोक्न ब्यापक प्रहरी परिचालन गरिएको हो । निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतको गेटमा धर्ना बसेका छन् ।

उनीहरूलाई सहयोग गर्न सरकार पनि तत्पर देखिएको छ । जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समय अ‍घि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । चोलेन्द्र आउनु अघि नै कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की भने अदालत प्रवेश गरिसकेका छन् ।

संघीय संसद् सचिवालयले जबराको निलम्बनबारे गत फागुन १ गते पत्र पठाउँदै जबरालाई महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म उनले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने व्यहोरा जानकारी गराएको थियो । जबराविरुद्धको महाभियोगको कारबाही टुंगो लागिसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *