कायममुकायमको भरमा सर्वोच्च अदालत

काठमाडौं । चोलेन्द्रशमशेर जबरा सेवा निवृत्त भएसँगै प्रधानन्यायाधीशको पद रिक्त भएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश रहेका छन्।

जबराविरुद्ध प्रतिनिधि सभामा २०७८ फागुन १ गते महाभियोगको सूचना दर्ता भएसँगै सर्वोच्च कामु प्रधानन्यायाधीशको भरमा चल्दै आएको छ।

जबराको निलम्बनपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशका रूपमा काम गरेका थिए ।

उनी गत असोजमा उमेर हदका कारण सेवा निवृत्त भएपछि हरिकृष्ण कार्की कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत हुन्।

संवैधानिक परिषद्को नियुक्ति सिफारिस संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *