पाकिस्तानी टेलिभिजन प्रस्तोता राबियाको हत्या

रावलपिण्डी । पाकिस्तानकी टेलिभिजन प्रस्तोता राबिया अहसानको हत्या आरोप भएको छ । हत्या अभियोगमा उनका श्रीमान एहसान पक्राउ परेका छन् । पक्राउ परेका उनका श्रीमान् एहसानलाई अदालतले दुई दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ । रावलपिण्डीको गुलशनाबादस्थित आफ्नै निवासमा आइतबार गोली लागेर राबियाको मृत्यु भएको थियो ।

उनको घाँटीमुनि गोली लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनापछि राबियाका भाइले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले उनका श्रीमान् एहसानलाई पक्राउ गरेको हो । सोमबार प्रहरीले थप अनुसन्धानका लागि एहसानलाई क्षेत्रीय मजिस्ट्रेट तलत वहीदसमक्ष उपस्थित गराउँदै हिरासतमा राख्न अनुमति मागेको थियो ।

प्रहरीका अनुसार घटनाका बेला घरमा कार्यरत एक पुरुष घरेलु कामदारले गोली चलेपछि राबियाका श्रीमानले उक्त घटना दुर्घटनावश भएको दाबी गरेको बताएका थिए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले पाकिस्तान दण्ड संहिताको दफा ३०२ अन्तर्गत योजनाबद्ध हत्याको कसुरमा मुद्दा दर्ता गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *