सीमानाकामा चेकजाँचमा कडाइ

विराटनगर। कोरोना संक्रमणअघि आउ–जाउ निर्बाध रहेका भारतसँग सीमा जोडिएका तराईका सीमानाकामा अहिले चेकजाँचमा कडाइ गर्न थालिएको छ ।

विराटनगरस्थित रानी नाकाबाट भारतीय नागरिकलाई प्रवेशका लागि अहिले खोप कार्ड अनिवार्य गरिएको छ । भारतबाट नेपालतर्फ आउने प्रत्येक व्यक्तिलाई स्वास्थ्य जाँचपछि मात्रै नेपालतर्फ प्रवेश दिने व्यवस्था गरिएको छ ।

रानी नाकास्थित हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट सुरेन्द्र यादवले दैनिक भारतबाट आउने सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको बताएका छन् ।

स्वास्थ्य जाँच गरिएकोमध्ये दैनिक एक सयभन्दा बढी व्यक्तिको एन्टिजेन परीक्षण गर्दै आएको उनले बताए। पछिल्लो एक सातामा भारतको मदरसाबाट आएका विराटनगरको बरगाछीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *