USAID

आठ लाख डोज भेरोसिल खोप नेपाल आइपुग्यो


काठमाडौं। कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो खेप शुक्रबार ८ लाख मात्रा नेपाल भित्रिएको छ । योसँगै नेपालले हालसम्म ५० लाख ४८ हजार मात्रा प्राप्त गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १ साउन र ८ साउनमा बाँकी भेरोसिल खोप आउनेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये पहिलो चरणको खोप शुक्रबार नेपाल आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हालसम्म २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यस्तै, दोस्रो मात्रा लगाउनेको संख्या ९ लाख ६४ हजार ५ सय रहेको छ । राजधानी दैनिकबाट


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *