एनएसएल: फाइनल प्रवेशको लागि काठमाडौं र ललितपुर भिड्दै

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भइरहेको फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल)को दोस्रो क्वालिफयरमा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भिड्दै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।

आज हुने खेल जित्दै दुवै टोली फाइनल प्रवेश गर्न चाहन्छन् । आजको खेल जित्ने टोलीले जेठ १ गते हुने फाइनल खेलमा धनगढी एफसीको सामना गर्नेछ । पहिलो क्वालिफायरमा धनगढीले काठमाडौंलाई २-१ गोलले पराजित गर्दै फाइनल पुगेको थियो । धनगढीसँग पराजित भएसँगै सिधै फाइनल प्रवेश गर्ने मौका गुमाएको काठमाडौंले  अर्को अवसर पाएको हो ।

यता ललितपुरले भने हिजो भएको दोस्रो प्लेअफ खेलमा बुटवल लुम्बिनीलाई १-० गोलले पराजित गर्दै इलिमिनेटरमा पुगेको हो । ललितपुर लिगको पछिल्लो ६ खेलमा अपराजित रहेको छ । लिग चरणमा भएको खेलमा काठमाडौंले ललितपुरलाई १–० गोल अन्तरले पराजित गरेको थियो । काठमाडौंको जितमा मेसौके ओलुमोउले गोल गरेका थिए ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *