सरकार ! मलाई एक सिलिन्डर अक्सिजन दे !

सरकार !
तेरो पानी जहाज लैजा
चुच्चे रेल लैजा
तेरो स्मार्ट सिटी लैजा

समृद्धिको भेल लैजा
तेरो उद्घाटन लैजा, शिलान्यास लैजा
पाइपबाट घरघरमा ल्याएको ग्याँस लैजा

मेरा बाको औंठी लैजा, घडी लैजा
मेरी आमाको तिलहरी लैजा

सरकार !
यी सबैको बदलामा तैंले
मलाई एक सिलिन्डर अक्सिजन दे !

अर्जुन पराजुली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *