तेज तामाङको गोलमा काठमाडौंलाई अग्रता

प्रज्जवल थापा । खुकुरी नेपाल सुपर लिग(एनएसएल) अन्तर्गत भईरहेको पहिलो प्लेअफखेलमा काठमाडौंले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका हुन् । ७५ औं मिनेटमा मेसौकोको क्रसमा तेज तामाङले हेडिङ गोल गर्दै काठमाडौंलाई खेलमा अगाडि बढाएका हुन् ।

आज हुने खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरमा मौका पाउनेछ । भोली हुने दोस्रो प्लेअफको विजेताले एलिमिनेटरमा पहिलो प्लेअफ खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि भिड्नेछ । दोस्रो प्लेअफमा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसी भिड्नेछन् । फाइनल खेल जेठ १ गते हुनेछ ।

अखिल नेपाल फूटबल संघ(एन्फा) को प्रविधिक सहयोगमा नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको लिगमा सात टोलीको सहभागिता रहेको छ । सहभागि टिममा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी, विराटनगर एफसी र पोखरा थन्डर्स रहेका छन् ।

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ । व्यक्तिगत विधाका विजेता सहित उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउनेछन् ।

तस्बिर:- गोल नेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *