महामारीविरुद्ध नेपालले शीघ्र विजय प्राप्त गरोस्, हाम्रो कामनाः चीन

काठमाडौँ । चीनले कोरोना भाइरसको महामारीबाट नेपालले छिट्टै विजय हासिल गर्न शुभेच्छा प्रकट गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले सोमबार साँझ ट्विट गर्दै मैत्रीपूर्ण नेपाली जनताले छिट्टै माहामारीलाई जित्ने शुभेच्छा प्रकट गरेकी हुन् ।

‘चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको अक्सिजन सिलिन्डर र भेन्टिलेटर भोलि(मंगलबार) काठमाडौँ आइपुग्दैछ’, उनले लेखेकी छन्, ‘मैत्रीपूर्ण नेपाली जनताले महामारीविरुद्ध शीघ्र विजय प्राप्त गर्ने हाम्रो कामना छ ।’

चीनले सोमबार नै नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री राजधानी बेइजिङ्गमा नेपाललाई औपरिकरुपमा हस्तान्तरण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *