काठमाडौँ । चीन सरकारले अनुदानको स्वरुप उपलब्ध गराएको अक्सिजन सिलिण्डरलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री आज नेपाललाई औपचारिकरुपमा हस्तान्तरण गरेको छ ।
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ्गमा आयोजित एक कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएकाे हाे ।
नेपालमा चरम अभाव भइरहेका बेला ती स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी विमान आजै मध्यराति काठमाडौँबाट त्यसतर्फ जाँदैछ ।
नेपाली जहाजले चीनबाट ४०० थान अक्सिजन शिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त जहाज भाेलि मङ्गलबार दिउँसो २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
????????✈️????????China-donated essential medical supplies are handed over to #Nepal’s ambassador in Beijing today.
The medical materials to arrive in the nation soon. pic.twitter.com/E7Y33zgewg
— Shen Shiwei沈诗伟 (@shen_shiwei) May 10, 2021



