USAID

पल र मालिकाको ‘आँखामा आउने सपनी’

प्रज्जवल थापा । पछिल्लो समयको हिट जोडी पल शाह र मालिका महतको नयाँ म्युजिक सार्वजनिक भएको छ । ‘आँखामा आउने सपनी’ नामक गितको फिमेल भर्जनमा दुई कलाकारले अभिनय गरेका छन् ।

शानन थापाको निर्देशनमा बनेको भिडियो केन्द्र मोसन पिच्चर्सबाट सार्वजनिक गरिएको हो । सार्वजनिक भएको १५ घण्टामै भिडियोले ४ लाख बढी भ्युज बटुलिसकेको छ । गीतमा सुनिता थेगिमले स्वर दिएकी छिन् भने शब्द र संगित एकदेव लिम्बुको रहेको छ ।

पछिल्लो समयमा दर्शकहरुले पल र मालिकाको जोडीलाई निकै रुचाएका छन् । पहिलोपटक यो जोडी ‘फुल बुट्टे सारी’ फिमेल भर्जनको म्युजिक भिडियोमा सँगै देखिएका थिए । पहिलो म्युजिक भिडियो मै राम्रो चर्चा बटुलेपछि उनीहरुले ‘टाढा भए पनि’ गीताको फिमेल भर्सनमा पनि सँगै अभिनय गरेका थिए । फुलबुट्टे सारीलाई यु ट्युभमा ५ करोड ३० लाख बढीले हेरिसकेका छन् भने टाढा भए पनि लाई ३ करोड १० लाख बढीले हेरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *