चाओलाई ओस्कारमा उत्कृष्ट निर्देशकको पुरस्कार

चिनियाँ मूलकी अमेरिकी निर्देशक क्लोई चाओले यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी छन् । पुरस्कार पाएसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने दोस्रो महिला बनेकी छन् ।

उनले ’नोमाडल्यान्ड’ फिल्मको निर्देशन गरेकी थिइन् । अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले यो अवार्ड आफूलाई प्रेरणा दिनेहरूलाई समर्पण गर्ने बताइन् । यसअघि सन् २०१० को ओस्कारमा ‘हर्टलकर’ फिल्मका लागि क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *