USAID

नगरपालिकामै खानेपानीकाे अभाव, दमकलबाट खानेपानी वितरण

  • 1
    Share

बैतडी । बैतडीको पाटन नगरपालिकामा खानेपानीको हाहाकार भएपछि दमकलबाट पानी वितरण गर्न थालिएको छ । लामो खडेरी र ठाउँठाउँमा डोजरले सडक खन्दा पानीका मुहान बिग्रिएपछि नगरपालिकाले दमकलद्वारा खानेपानी वितरण गर्न थालेको हो ।

सडक निर्माण गर्दा खानेपानीका पाइप टुटफुट भएकाले पाँच हजार लिटर क्षमताको दमकलबाट खानेपानी वितरण भइरहेको पाटन नगरपालिकाका प्रवक्ता लोकेन्द्र भण्डारीले बताए । बजारमा खानेपानीको समस्या भएपछि दमकलबाट दैनिक एक परिवारलाई ५० लिटरका दरले पानी वितरण गर्न थालिएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए ।

पाटन बजार क्षेत्रमा आउने साबिकको खानेपानीको मुहान नै घटेकाले पानी आपूर्तिका लागि नजिकैको सुर्नया नदीबाट पानी लिफ्ट गरेर बृहत् खानेपानी योजना निर्माण भइरहेको चन्दले बताए । उनले भने, “असारभित्रै लिफ्ट खानेपानी योजना निर्माणको काम सक्न पहल गरिरहेका छौँ । त्यसपछि पाटनमा खानेपानीको समस्या हुँदैन ।” विकल्पमा लिफ्टिङ योजना बैतडीमा पछिल्लो समय हरिया डाँडापाखामा रहेका पानीका मुहान सुक्न थालेपछि विकल्पका रूपमा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण हुन थालेका छन् ।

गत वर्षभन्दा अहिले बैतडीका खानेपानीका मुहानमा आधा पानी घटेको खानेपानी कार्यालय बैतडीका प्राविधिकले बताएका छन् । प्राकृतिक मुहान सुकेपछि अन्तिम विकल्पका रूपमा लिफ्ट खानेपानी योजना निर्माण भइरहेको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालय बैतडीका सबइन्जिनियर मनिराम लामिछानेले बताएकाे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *