‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स

काठमाडौँ । गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ’निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दीपक शर्माको रहेको छ ।

गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायाँकन तथा सम्पादन गरेका हुन् ।

शिशिर तामाङ ( छबि ) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो । मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *