प्रज्जवल थापा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स लिग अन्तर्गत आज हुने फाइनल खेलको टिकट मूल्यमा वृद्धि गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच हुने फाइनल खेल बेलुकी ५:३० बजे शुरु हुनेछ ।
समुह चरणको खेलमा भीआईपीतर्फ १५ सय र साधारणतर्फ ७०० रुपैयाँ रहेको प्रतिटिकटको मूल्य फाइनल खेलका लागि बढाएर भीआईपीतर्फ प्रतिटिकटको मूल्य दुई हजार र साधारणतर्फ एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यो पनि पढ्नुहोस्:- https://nepalsamaj.com/2021/03/29/45596/
