क्यानडाद्वारा नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको खेलमा क्यानडाले नेपाललाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको हो । ओमानको अल अमेराट क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले नेपाललाई जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेटको क्षतिमा २ सय ५६ रन बनाएको हो । क्यानडाको लागि युवराज सम्राले सतक बनाए । उनले १ सय १७ बलमा ११ चौका र ४ छक्काको मद्दतमा १ सय ५ रन बनाए । यस्तै एरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३०, समित गोहेलले १७ र आदित्य वरादराजनले १२ रन बनाए ।

नेपालको लागि ललित राजवंशीले १० ओभरमा २ मेडन राख्दै ३९ रन दिएर ४ विकेट लिए । यस्तै सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ४९ रन खर्चेर तीन विकेट लिँदा दीपेन्द्र सिंह एरीले दुई र रोहित पौडेलले एक विकेट लिए । अब नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *