किरण चेम्जोङ आईलिगको उत्कृष्ट गोलकिपर

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भारतिय लिग आईलिगको उत्कृष्ट गोलकिपर घोषित भएका छन् । आईलिगमा राउन्ड ग्लास पन्जजाब एफसीको गोलपोस्ट समालेका किरण शनिबार उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

यससँगै किरणले २ लाख ५० हजार भारतीय रुपैयाँ पाएका छन् । थ्री नेसन्स कपको लागि हाल नेपालमा रहेका किरण लिगको एक खेल अगावै नेपाल आएका थिए । शनिबार भएको लिगको अन्तिम खेलमा किरणको टोली पन्जाब चर्चिल ब्रर्दशसंग ३-२ गोल अन्तरले पराजित भएको थियो । पन्जाबले १५ खेलमा २२ अङ्क जोड्दै चौथो स्थानम रहेर लिगको अन्त्य गरेको छ । आईलिगको उपाधि गोकुलम केरेलाले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *