रसुवामा करिब ६० घण्टापछि ६ वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा । रसुवामा बेपत्ता भएकी ६ वर्षीया बालिकाको करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ । बोर्डर आउट पोस्ट (बीओपी) टिमुरे, रसुवाबाट करिब २०० मिटर नजिकबाट बालिकाको शुक्रबार साँझ करिब ६ बजे ६ वर्षीया मनिषा मगरको उद्धार गरिएको हो ।

उद्धारपछि बालिकालाई आवश्यक उपचार तथा थप स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *