त्रिशूली-३ ‘बी’ को सुरुङमा फसेकाहरुो उद्धारका लागि चिनियाँ प्राविधिक टोली परिचालन

काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।

नेपाल सरकारको स्वीकृतिपछि चिनियाँ हेलिकोप्टरमार्फत विज्ञ टोली त्रिशूली क्षेत्रमा पुगेको हो । सुरुङभित्रको अवस्था जोखिमपूर्ण र प्राविधिक रूपमा चुनौतीपूर्ण रहेकाले उद्धारका लागि चिनियाँ विज्ञ टोली परिचालन गरिएको हो । टोलीले नेपाली सेनाको प्राविधिक टोलीसँग समन्वय गर्दै सुरुङको प्राविधिक निरीक्षण गरी त्यहाँको अवस्था र उद्धारको सम्भावनाबारे मूल्याङ्कन गर्नेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रारम्भिक मूल्याङ्कनबाट उद्धार सम्भव देखिएमा रसुवा सीमाक्षेत्रनजिक तयारी अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई तत्काल घटनास्थलमा ल्याइनेछ।

बाढीबाट सुरुङमा भएको क्षतिको व्यापकताका कारण उद्धार कार्य जटिल बनेको छ। सुरुङभित्रको अवस्थाको प्राविधिक मूल्याङ्कनपछि संयुक्त टोलीले उद्धार कार्य अघि बढाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *