प्रज्जवल थापा । थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिताको उद्धाटन खेलमा बंगलादेश विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले किर्गिस्थान यु-२३ लाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३० औं मिनेटमा पाएको उपहार गोल बंगलादेशको जितमा निर्णायक बन्यो । बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डरले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए ।
जितसँगै बंगलादेशले प्रतियोगितामा तीन अङ्क जोडेको छ । मंगलबार हुने प्रतियोगिताको दोस्रो खेलमा नेपालले किर्गिस्थानको सामना गर्नेछ । नेपाल, बंगलादेश र किर्गिस्तानको सहभागिता रहेको प्रतियोगिता राउण्ड रोविनको आधारमा चैत १६ गतेसम्म सञ्चालन हुनेछ । शिर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।
तस्बिर:- गोल नेपाल डट कम
