काठमाडौँ । चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा दृश्यावलोकन गरिरहेका एक पर्यटकले नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी खसेको दृश्य संयोगवश क्यामेरामा कैद गरेका छन् ।
चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको पर्वतीय जोखिम तथा वातावरण संस्थानका निर्देशक काङ सिचाङले भिडियोमा देखिएको हिमनदी खसेको स्थान र रिमोट सेन्सिङबाट प्राप्त तस्बिरमा देखिएको स्थान मेल खाएको पुष्टि गरेका छन् ।
उनका अनुसार भिडियोमा कैद भएको दृश्य ग्यिरोङ नाकामा पहिरो निम्त्याउने हिमनदी खसेको घटनाकै भएको विश्वास गरिएको छ ।
