राजधानी ढाकाबाट १०१ किलोमिटर टाढा रहेको बङ्गलादेशको मध्य फरीदपुर जिल्लामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारी मोहम्मद रसेलले घटनाबारे पुष्टि गर्दै भने, “फरीदपुरमा आइतवार बिहान दुई अलग ठाउँमा भएका दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने अन्य दर्जनौं घाइते भएका छन् ।”
त्यसैगरी शनिबार दिउँसो ढाकाबाट उत्तरपश्चिमी क्षेत्रमा बोगुरा जिल्लामा दुईवटा बस एक आपसमा ठक्कर खाँदा कम्तिमा चार जनाको मृत्यु भएको थियो र १० जना घाइते भएका स्थानीय विपत् व्यवस्थापन सेवा तथा सुरक्षा कार्यालयका अधिकारी रतन हुसेनले जानकारी दिए ।
बङ्गलादेशमा दुर्गम भूगोल कमजोर राजमार्ग सेवा,पूराना सवारी साधनको प्रयोग र चालकहरूले ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको अनुगमनको अभावका कारण बर्षेनी हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । बङ्गलादेश विश्वमा सडक दुर्घटनाका कारण उच्च मृत्यु दर रहेको मुलुकमध्ये एक हो ।
