काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्।
पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्।
त्यस्तै, ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।
यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, प्रा. डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।
