भारत र इङ्ल्याण्डबिचको पाँचौ टि-२० आज

प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको पाँचौ तथा अन्तिम टि-२० खेल आज अहमदाबादमा हुँदै छ । नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।

दुई टोलीबिचको ५ खेलको सिरिज २-२ को अवस्थामा रहेको छ । आजको खेल जित्ने टोलीले सिरिज आफ्नो पोल्टामा पार्नेछ । इङ्ल्याण्डले आजको खेल जित्दै टेस्ट सिरिजमा भोगेको हारको बदला लिने लक्ष्य राखेको छ । यता भारत आजको खेल जित्दै टि-२० सिरिजपनि जित्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।

भारतको सम्भावित प्लेइङ ११:- रोहित शर्मा, केएल राहुल/ इसान किसान, शुर्यकुमार यादव, विराट कोहली(कप्तान), ऋषभ पन्त(विकेटकिप्पर), श्रेयस आयर, हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, शार्धुल ठाकुर, भुवेश्वर कुमार, राहुल चहार

इङ्ल्याण्डको सम्भावित प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनी बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान/मोइन अली, क्रिस जोर्डान, जोफ्रा आर्चर, मार्क वुड, अदिल रसिद

Leave a Reply

Your email address will not be published. Required fields are marked *