भोटेकोसी बाढीपछिको पुनर्निर्माणमा ५ अर्ब डलर लाग्ने अनुमान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि नेपाललाई ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

शनिबार रोयटर्ससँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान रहेको बताएका हुन् ।

उनले क्षति तथा नोक्सानीको विस्तृत मूल्याङ्कन भइरहेको भन्दै आवश्यक रकमको यो प्रारम्भिक अनुमान मात्र भएको स्पष्ट पारे । उनले भने, ‘यो केवल अनुमान हो। क्षति र नोक्सानीको मूल्याङ्कन भइरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *