USAID

रोनाल्डो सिरि ए को उत्कृष्ट खेलाडी घोषित


प्रज्जवल थापा । युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन लिग सिरि एको उत्कृष्ट खेलाडी घोषित भएका छन् । शुक्रबारसम्पन्न कार्यक्रममा रोनाल्डोलाई इटालियन फूटबलले गत सिजनको उत्कृष्ट खेलाडी घोषित गरेको हो ।

गत सिजन युभेन्टसलाई उपाधि दिलाउन महत्त्वपूर्ण भुमिका खेलेका रोनाल्डोले सिरि ए को ३३ खेलमा ३१ गोल गरेका थिए । उत्कृष्ट खेलाडीको चयन खेलाडी, रेफ्री र प्रशिक्षकको मतबाट चयन भएको थियो ।

अवार्डको लागि भोट गर्ने सहयात्रीलाई धन्यवाद दिदै रोनाल्डोले भने, ” मलाई भोट गर्ने सबैलाई धन्यवाद ! म धेरै भाग्यमानी महसुस गर्छु, मलाई लाग्छ विश्वास धिरज र जोश फूटबलको मजा लिने रहस्य हो ।” पोर्चुगिज स्टारले भने, ” म उत्प्रेरित महसुस गर्दछु र यी तीन तत्वहरु एकसाथ हुनुपर्दछ, अन्यथा यो स्तरमा खेल्न सम्भव छैन जब तपाईं ३४, ३५, ३६ वा ४० वर्षको हुनुहुन्छ ।”

कोरोना भाइरसको कारण गत सिजन केही समयको लागि रोकिएको थियो । त्यसपछि रंगशालामा दर्शकबिना खेल हुँदै आएको छ । यस सन्दर्भमा रहेर रोनाल्डोले भने, “गत वर्ष अनौठो रह्यो, जुन वर्ष कसैलेपनि चाहेको थिएन, तर व्यक्तिगत र टोलीको स्तरमा भने सकारात्मक थियो, किनकी हामीले घरेलु लिग जित्यौ ।” रोनाल्डोले स्काई स्पोर्ट्स इटालियालाई भने, “शुरुमा खाली रंगशालामा खेल्नु गार्हो थियो तर हाम्रो लक्ष्य लिग जित्नु थियो र पूरा पनि गर्यौ । हामी च्याम्पियन्स लिगबाट बाहिरियौ तर फूटबल भनेकै यस्तै हो ।”

रोनाल्डो सिरि एको ‘टिम अफ दि एयर’ मा पनि परेका छन् । ‘टिम अफ दि एयर’मा रोनाल्डोसँगै युभेन्टसका लेनार्दो बोनुची र पाउलो डेबेलालेपनि स्थान बनाएका हुन् ।
जिन्लुगी डोनारुमा; रोबिन गोसेन्स, स्टेफान डे भ्रिज, लेनार्दो बोनुची, थियो हेर्नान्डेज; लुइस अल्ब्रेटो, निकोलो बेरेला, पाप्पु गोमेज; पाउलो डबेला, किरो इम्मोबिले, क्रिस्टियानो रोनाल्डो


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *