USAID

प्रिमियर लिगमा लिड्स युनाइटेड विजयी


प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा लिड्सले फुल्हामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

क्राभेन कटेजमा भएको खेलमा लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक/एक गोल गरे । फुल्हामको लागि जाओचिम एन्डर्सनले गरेको गोल सान्त्वनमा सिमित रह्यो । २९ औं मिनेटमा ज्याक हेरिसनको पासमा बामफोर्डले गोल गर्दै लिड्सलाई खेलमा अग्रता दिलाएका थिए ।

३८ औं मिनेटमा लुकमेनको पासमा एन्डर्सनले गोल गर्दै फुल्हामलाई बराबरीमा ल्याएका थिए । तर ३८ औं मिनेटमा बामफोर्डको पासमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-१ गोलको जित दिलाए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्क जोड्दै लिगको ११ औं स्थानको उक्लिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *