प्रज्जवल थापा । युरोपेली फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको ड्र सार्वजनिक भएको छ । युरोपियन फुटबल महासंघ (युइएफए) ले शुक्रबार अन्तिम आठको ड्र सार्वजनिक गरेको हो ।
यसपटक इङ्लिस प्रिमियर लिगबाट सार्वधिक ३ टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । बुन्डेसलिगाबाट दुई टोलीे अन्तिम ८ मा पुग्दा स्पेनिस लिग ला लिगा, फ्रेन्च लिग र पोर्चुगलको प्रिमेरा लिगाबाट एक टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् ।
क्वाटरफाइनलको ड्र
म्यानचेस्टर सिटी विरुद्ध बोरुसिया डर्टमुन्ड
एफसी पोर्टो विरुद्ध चेल्सी
वायर्न म्युनिख विरुद्ध पेरिस सेन्ट जर्मन(पिएसजी)
रियल म्याड्रिड विरुद्ध लिभरपुल
च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ र ७ गते हुनेछ । यस्तै दोस्रो लेग अप्रिल १३ र १४ गते हुनेछ ।
