सुजल श्रेष्ठ र एरिक विष्ट अधिकतम मूल्य बिक्री

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका खेलाडीद्वय सुजल श्रेष्ठ र एरिक विष्ट नेपाल सुपर लिग(एनएसएल) को अक्सनमा अधिकतम मुल्यमा बिक्री भएका छन् । ‘ए’ श्रेणी रहेका सुजललाई फ्रेन्चाइज टोली पोखरा थण्डर्सले अधिकतम मुल्य दुई लाख रुपैयाँमा किनेको हो ।

मछिन्द्र क्लबका मिडफिल्डर सुजल श्रेष्ठलाई विराटनगर सिटी फूटबल क्लब, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फूटबल क्लब र धनगढी फूटबल क्लबले दुई लाख रुपैयाँको बोली लगाएपछि गोलाप्रथामा पोखराले जितेको हो । सुजलले सन् २०११ मा भुटानविरुद्ध पोखरा रंगशालामा खेल्दै राष्ट्रिय टोलीको लागि डेब्यु गरेका थिए । १३ औं सागमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको कप्तान थिए ।

यस्तै युवा फर्वार्ड एरिक विष्टपनि अधिकतम मुल्यमा ललितपुर सिटी फूटबल क्लबमा अनुबन्ध भएका छन् । ‘ए’ श्रेणीमा रहेका एरिकलाई ललितपुरले २ लाख रुपैयाँमा किनेको हो । एरिकको लागि ललितपुर र पोखरा थण्डर्सले बोली लगाएका थिए ।

तस्बिर:- सुजल श्रेष्ठ फेसबुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *