USAID

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको ड्र आज, सम्पुर्ण जानकारी सहित


प्रज्जवल थापा । युरोपेली फूटबलको सबैभन्दा ठूलो प्रतियोगिता युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको ड्र आज हुँदैछ । स्विजरल्याण्डको नियोनमा हुने ड्र नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुँदैछ ।

आज हुने ड्रबाट क्वाटरफाइनलमा भिड्ने टिमको टुङ्गो लाग्नेछ । गत मंगलबार चेल्सी र बार्यन म्युनिख अन्तिम ८ मा प्रवेश गरेसँगै क्वाटरफाइनलको लागि समीकरण पूरा भएको थियो । इङ्लिस प्रिमियर लिगबाट सार्वधिक ३ टोली क्वाटरफाइनल प्रवेश गरेका छन् । बुन्डेसलिगाबाट दुई टोलीे अन्तिम ८ मा पुग्दा स्पेनिस लिग ला लिगा, फ्रेन्च लिग र पोर्चुगलको प्रिमेरा लिगाबाट एक टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन् ।

क्वाटरफाइनल पुगे टिमहरु

बोरुसिया डर्टमण्ड (जर्मनी)
चेल्सी (इङ्ल्याण्ड)
रियल म्याड्रिड (स्पेन)
बार्यन म्युनिख (जर्मनी)
म्यान्चेस्टर सिटी (इङ्ल्याण्ड)
लिभरपुल (इङ्ल्याण्ड)
पेरिस सेन्ट जर्मन (फ्रान्स)
एफसी पोर्टो (पोर्चुगल)

सन् २००७ पछि पहिलो पटक बार्सिलोना अन्तिम ८ प्रवेश गर्नबाट बन्चित भयो । बार्सिलोनालाई पिएसजीले पाखा लगाएको थियो । यस्तै २०१५/१६ सिजनपछि पहिलो पटक कुनैपनि इटालियन टोली क्वाटर फाइनलको ड्रमा समावेश छैनन् । इटालियन च्याम्पियन युभेन्टस पोर्टोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

स्पेनबाट रियल म्याड्रिड बाहेक अन्य टोलीले क्वाटरफाइनलको टिकट काट्न सकेनन् । अर्को स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड चेल्सीसँग पराजित भएसँगै क्वाटरफाइनल प्रवेशबाट बन्चित भयो । यस्तै सेभिल्लापनि बोरुसिया डर्टमण्डसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।

म्यान्चेस्टर सिटीले अन्तिम १६ मा बोरुसिया मोन्चेनग्लाडबकलाई हराएको थियो भने बार्यन म्युनिखले लाजियोलाई पराजित गर्दा लिभरपुलले आरबी लिपजिगलाई स्तब्ध पारेको थियो ।

क्वाटरफाइनलको खेल कहिले हुन्छ ?

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेग अप्रिल ६ र ७ गते हुनेछ । यस्तै दोस्रो लेग अप्रिल १३ र १४ गते हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *