प्रज्जवल थापा । इटालियन क्लब एसी मिलानलाई पराजित गर्दै इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा युनाइटेडले मिलानलाई १-० ले तथा समाग्रमा २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो ।
सान सिरोमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्वाले निर्णायक गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेको तेस्रो मिनेटमै पोग्वाले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा युनाइटेडले समाग्रमा २-१ गोलको जित निकाल्यो । दुई टोलीबिच भएको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।
अन्तिम १६ को अन्य नतिजा
आर्सनल ०-१ ओलम्पिकोस(३-२)
डिनामो जाग्रेब ३-० टोटेन्हाम (३-२)
मोल्डे २-१ ग्रानाडा (२-३)
शाख्तर डोनेटस्क १-२ रोमा (१-५)
एसी मिलान ०-१ म्यान्चेस्टर युनाइटेड (१-२)
रेन्गेर्स ०-२ स्लाभिया प्रागेउ (१-३)
भिल्लारियल २-० ड्यानामो किभ (४-०)
योङ ब्वाइज ०-२ आयाक्स (०-५)
