USAID

चौथो टि-२० मा भारत विजयी


प्रज्जवल थापा । इङ्ल्याण्डविरुद्वको चौथो टि-२० खेलमा भारत विजयी भएको छ । बिहिबार राति सम्पन्न खेलमा भारतले इङ्ल्याण्डलाई ८ रनले पराजित गरेको हो । यससँगै भारतले ५ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ ।

अहमदाबादमा भएको खेलमा १८६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन मात्र बनाउन सक्यो । इङ्ल्याण्डको लागि बेन स्टोक्सले सार्वधिक ४६ रन जोडे । उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर जेसन रोएले २७ बलमा ६ चौका र १ छक्काको मद्दतमा ४० रन जोडे । यस्तै जोनी बैर्स्ट्रोले २५, जोफ्रा आर्चरले १८, डेभिअद मलानले १४ र क्रिस जोर्डानले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क बनाउन सकेनन् ।

भारतको लागि सर्धुल ठाकुरले ४ ओभर बलिङ गर्दै ४२ रन दिएर ३ विकेट लिए । हार्दिक पाण्डयले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर दुई विकेट लिँदा राहुल चाहरलेपनि दुई विकेट लिए । यस्तै भुवेश्वर कुमारको नाममा एक विकेट रह्यो ।

यसअघि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ रन गुमाएर १८५ रन बनाएको थियो । भारतको लागि शुर्यकुमार यादवले अर्धसतक पूरा गरे । उनले ३१ बलमा ६ चौका र ३ छक्कासहित ५७ रन जोडे । यस्तै श्रेयस आयरले ३७ र ऋशव पन्तले ३० रनको योगदान गरे । ओपनरद्वय केएल राहुलले १४ र रोहित शर्माले १२ रन जोड्दा हार्दिक पाण्डयले ११ र सार्धुल ठाकुरले १० रन जोडे ।

इङ्ल्याण्डको लागि जोफ्रा आर्चरले शानदार बलिङ गर्दै ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । यस्तै अदिल रसिद, मार्क वुड, बेन स्टोक्स, साम कुरानको नाममा एक/एक विकेट रह्यो । दुई टोलीबिचको निर्णायक पाँचौ तथा अन्तिम टि-२० खेल शनिबार हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *