USAID

टोटेन्हाममाथि शानदार पुनरागमन जित निकाल्दै डिनामो युरोपा लिगको क्वाटरफाइनलमा


प्रज्जवल थापा । युईएफए युरोपा लिग अन्तर्गत भएको अन्तिम १६ को दोस्रो लेगमा टोटेन्हाममाथि शानदार पुनरागमन जित निकाल्दै क्रोसियन क्लब डिनामो जाग्रेब क्वाटरफाइनल प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा डिनामोले टोटेन्हामलाई ३-० ले तथा समाग्रमा ३-२ गोल अन्तरले पराजित गरेको हो । पहिलो लेग डिनामोले २-० गोलले गुमाएको थियो ।

डिनामोलाई जित दिलाउन मिस्लाव ओर्सिकले ह्याट्रिक पूरा गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६२ औं मिनेटमा लोव्रो माजेरको पासमा मिस्लाव ओर्सिकले गोल गर्दै घरेलुु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ८३ औं मिनेटमा एटिम्वेनको पासमा ओर्सिकले व्यक्तिगत दोस्रो गोल गर्दै डिनामोलाई खेलमा २-० र समाग्रमा २-२ गोलको अवस्थामा ल्याए ।

निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको खेलको १ सय ६ मिनेटमा ओर्सिकले ह्याट्रिक पूरा गर्दै डिनामोलाई खेलमा ३-० र समाग्रमा ३-२ गोलले अगाडि बढाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा डिनामो ३-० र समाग्रमा ३-२ गोल अन्तरले विजयी भएको हो । हारसँगै इङ्लिस क्लब टोटेन्हाम अन्तिम १६ बाटै बाहिरिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *