चौथो टि-२०: भारतविरुद्ध इङ्ल्याण्डले पहिले बलिङ गर्दै

प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको चौथो टि-२० खेलमा इङ्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

नरेन्द्र मोदि रंगशालामा हुने आजको खेल जित्दै इङ्ल्याण्डले सिरिज आफ्नो नाममा गर्न चाह्नछ । पछिल्लो खेलमा भारतलाई ८ विकेटले पराजित गरेको इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-१ को अग्रता लिइसकेको छ । आज हुने खेल जितेको खण्डमा इङ्ल्याण्डले सिरिज आफ्नो पोल्टामा पार्नेछ । यता भारत आजको खेल जित्दै सिरिजमा बराबरी गर्ने लक्ष्य साथ मैदान उत्रिनेछ ।

भारतको प्लेइङ ११:- रोहित शर्मा, केएल राहुल, विराट कोहली(कप्तान), शुर्यकुमार यादव, ऋषभ पन्त(विकेटकिप्पर), श्रेयस आयर, हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, राहुल चाहर

इङ्ल्याण्डको प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनी बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, मार्क वुड, अदिल रसिद

Leave a Reply

Your email address will not be published. Required fields are marked *